
फाइल तस्वीर ।
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
नवलपुरको देवचुली नगरपालिकाक ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
युवकलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो ।
२६ गते उनमा संक्रमण पुष्टि भएको थियो । उनको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।
यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्