
फाइल तस्विर
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
घरबाट करिब चार घण्टको पैदल दुरीको जङ्गलमा मालिङ्गो काट्न गएको अवस्थामा भालुले एक्कासी आक्रमण गर्दा ३६ वर्षिय प्रेम कुलुङको मृत्यु भएको हो ।
गम्भिर घाइते कुलुङको छेस्काम स्वास्थ्य चौकीमा ल्याउने क्रममा बाटोमानै मृत्यु भएको हो । यस्तै चतुर कुलुङ, प्रेम कुलुङ, सुजन कुलुङ र सन्तबहादुर कुलुङ घाइते भएका छन् ।
घाइतेहरुको छेस्काम स्वास्थ्य चौकीमा उपचार गरिएको र थप उपचारका लागि बुङको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन लागिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्