१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वभर करिब १ अर्ब २० करोड बालबालिका गरीबीको रेखामुनि


0
Shares

काठमाडौं । बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन् ।

कोरोना संकटका कारण थपिएका सहित विश्वमा गरिबीको रेखामुनी पुग्ने बालबालिकाको संख्या करिब १ अर्ब २० करोड पुगेको जनाइएको छ ।

युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनको ताजा प्रतिवेदनका अनुसार कोरोनाका कारण करोडौं बालबालिका गरिब भएका छने भने पहिले नै गरिब बालबालिकाको अवस्था अझ दयनीय भएको छ ।

अध्ययन अनुसार महामारी र लकडाउनका कारण यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । युनिसेफले अबको समयमा स्थिति थप बिग्रन सक्ने चेतावनी समेत दिएको छ । एजेन्सी