२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डोनाल्ड ट्रम्पमाथि पुनः यौन दुव्र्यवहारको आरोप


0
Shares

trump pressure to gorgia governor

काठमाडौं । अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुव्र्यवहारको आरोप लागेको छ ।

अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले २३ बर्ष अघि ट्रम्पले आफुमाथी दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।

द गार्जियनसँगको अन्तर्वार्तामा उनले ओपन टेनिस च्याम्पियनशीपका क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको दावी गरेकी हुन् ।

यद्यपि ट्रम्पले यो आरोपलाई खण्डन गरेका छन् । ट्रम्पका वकिलले ३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावभन्दा पहिला उनको छबी खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको टिप्पणी गरेका छन् । यसअघि पनि ट्रम्पलाई दुव्र्यवहारको आरोप लागेको थियो ।

द गार्जियनले टेनिस खेलका क्रममा भीआइपी बक्समा बसेका एमी र ट्रम्पको तस्विर पनि सार्वजनिक गरेको छ ।