
प्रतीकात्मक । वेब ।
नवलपरासी, असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन् । आमालाई भने सकुशल उद्धार गरिएको छ ।
बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५, भ्युरानका भूपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण स्थानीय अरूणखोलामा बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा उनीहरु खोलामा बगेर बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी भइरहेको खाँणले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्