१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिहानै खाली पेटमा मनतातो पानी पिउनुका फाइदा


0
Shares

काठमाडौं । स्वास्थ्यका लागि पानी पिउनु अत्यावश्यक छ । दिनहु प्रयाप्त शुद्ध पानी पिउँदा शरिरमा रोग नलाग्ने मात्र होइन अधिकांश रोग आफै निको हुन्छन् ।

यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ ।

बिहान पानी पिएपछि एक घन्टासम्म केही खानुहुन्न । दिनभरिमा १० गिलास पानी पिउन चिकित्सकको सल्लाह छ ।
बिहानै एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाः
पेट सफा : बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
छाला चम्किलो : छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
मोटोपन घटाउने : बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
भोक बढाउने : पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।
रोग हटाउने : खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या हट्छ ।