
काठमाडौं । संविधान दिवसका अबसरमा विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना संन्देश दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान उत्कृष्ट भएपनि पछिल्लो समय संविधानको कार्यान्वयन भने प्रजाको पक्षमा हुन नसकेको बताउनुभएको छ ।
कम्युनिष्ट सरकार वाक स्वतन्ता समेत हनन गर्दै एकदलीय शासन ल्याउन उद्धत रहेको उहाँको आरोप छ ।
जनता समाजावादीका नेता डा. बाबुराम भट्टराइले संविधान कहिले पनि पूर्ण नहुने र यो पनि अपूर्ण रहेको टिप्पणी गर्दै राज्य संरचना र शासकीय स्वरुप जस्ता विषयमा भएका कमी कमजोरी सच्याई अगाडी बढ्न आवश्यक रहेका बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्