१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असोज ५ गतेदेखिको आन्तरिक उडान सुरु, यात्रुहरुका लागि नयाँ नियम तय


0
Shares

काठमाडौं । आगामी सोमबारदेखि आन्तरिक हवाई उडान सुरु हने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरूको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान सुरू गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

हवाई यात्रा गर्ने यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ ।

यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरलाइन्सलाई बुझाउनुपर्ने भने यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ ।

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ ।

सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ । अक्टुबर १ अर्थात् असोज २५ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने जनाइएकोछ ।

एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ ।

यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन ्।