१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरमा सरकारी कार्यालयहरु जलमग्न, कर्मचारी हातमा जुत्ता बोकेर कार्यालय जान बाध्य


0
Shares

चितवन । ढल निकासको उचित व्यवस्थापनको अभावनमा चितवन भरतपुर १० मा रहेका अधिकांश सरकारी कार्यालयहरु जलमग्न भएका छन् ।

सरकारी कार्यालय प्रवेशमै पानीको ताल परेपछि सेवाग्राही र कर्मचारी दुवैलाई समस्या भएको हो ।

बाइपास रोड केही उच्च रहेको र जलमग्न सरकारी कार्यालय अगाडि नाला नहुँदा यस्तो समस्या बारम्बार दोहोरिने गरेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला अदालत, शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय लगायत जलमग्न छन् ।

त्यस्तै भरतपुर १० कै गेष्टहाउस चौरपनि जलमग्न भएको छ । जुत्ता लगाएर आउने कर्मचारी एवं सेवाग्राही हातमा जुत्ता लिएर भित्र जानुपर्ने वाध्यता रहेको छ ।

जिल्ला प्रहरी कार्यालयलले मोटर लगाएर जम्मा भएको पानी निकास गरिरहेको भएपनि अन्य कार्यालयमा पानी सुक्ने दिन कुरेर वस्नु वाहेक विकल्प छैन ।