
काठमाडौं । विश्वभर तरकारीको मूल्य सस्तो हुने गर्छत । तर ‘हप सुट्स’ नामक तरकारी विश्वमै महंगो मानिन्छ ।
यसको मूल्य १ हजार युरो रहेको छ, अर्थात् नेपाली रुपैयाँ एक लाख चालीस हजार पर्न आउँछ ।
हप कोन्स्को नामले चिनिने यसको फूल वियर बनाउनका लागि प्रयोग गरिन्छ र बाँकी भाग तरकारी खान प्रयोग गरिन्छ । ‘हप सुट्स’ औषधीय गुणले भरपुर छ ।
दाँतको दुखाईदेखि लिएर क्षयरोग तथा अन्य कयौं गम्भीर रोगहरूको उपचारको लागि यसको प्रयोग गर्न सकिन्छ ।
यसमा एन्टीबायोटिकको गुण हुने गर्दछ । यसलाई काँचै पनि खाने गरिन्छ, सलादको रुपमा प्रयोग गर्न पनि सकिन्छ र अचार पनि खान सकिन्छ ।
सबैभन्दा पहिले यसको खेती उत्तरी जर्मनीमा भएको र पछि विस्तारै विस्तारै विश्वभर फैलिएको मानिन्छ ।
साँघु अनलाइनले अनुवाद गरेको समाचार अनुसार १८ औैं दशकमा इंग्ल्याण्डले यसमा कर पनि लगाएको थियो । मार्चको समयलाई यसको खेतीको लागि उपयुक्त मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्