
पोखरा, असोज ३ । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ३४ सय नाघेको छ ।
शनिबारमात्रै प्रदेशमा ६६ जना कोरोना संक्रमणका नयाँ बिरामी फेलापरेका छनन् ।
योसहित प्रदेशमा कुल संक्रमितको संख्या तीन हजार ४०२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसअनुसार पोखरामा थप १३ जनामा कोरोना संक्रमण देखापरेको छ । तीमध्ये दुई महिला र ११ पुरुष छन् ।
यसैगरी, नवलपुरमा ४५, तनहुँमा तीन, स्याङ्जा र पर्वतमा दुई/दुई र लमजुङका एकजनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकीमा संक्रमितमध्ये दुई हजार ५७ जना निको भइसकेका छन् । संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्