
काठमाडौं, असोज ३ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको आजबाट पाँच वर्ष पूरा गरी छैटौं वर्ष लाग्दैछ ।
यस अवधिमा दुईपटक संशोधन भएको संविधानले जनचाहनाअनुसारको काम गर्न नसकेको तथा कार्यान्वयन ज्यादै नै फितलो भएको आरोप लाग्दै आएको छ ।
सर्वसाधारणले संविधानको कार्यान्वयन हुन नसकेकै कारण जनतामुखी नभएको तथा सन्तुष्ट हुन नसकेको बताएका छन् ।
संविधान आएको लामो समय भएपनि जनताले आशा गरेबमोजिम काम नभएको भन्दै जनगुनासो पोख्न थालेका हुन् ।
गरिखाने वर्गले सोचजस्तो संविधान नआएको भन्दै गुनासो पोखेका छन् । तसर्थ, सरकारले संविधानको कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्