
काठमाडौं, असोज ३ । पाँचौं संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माण सुरु गरेको छ ।
शनिबार एक कार्यक्रम गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गणेशमान मच्छिन्द्र पार्कको शिलान्यास गर्नुभयो ।
पार्क निर्माणका लागि ललितपुर महानगरपालिकाले नगरस्तरीय गौरव आयोजनाअन्तर्गत् ७७ लाख ३४ हजार रुपैयाँ रकम उपलब्ध गराएको हो ।
ग्रीन एन्ड ब्ल्यू प्रोजेक्ट् कन्सेप्टअनुसार हरियालीलाई मासिनबाट जोगाउने उद्देश्यले पार्क निर्माण थालिएको मेयर महर्जनले बताउनुभयो ।
पार्कको डिजाइन वृक्ष फाउन्डेसनले गरेको छ । पार्क निर्माणका लागि रमेशकुमार बखतीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।
पार्क आगामी कात्तिक २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने महानगरको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्