१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’


0
Shares

shashank koirala

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।

केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल चाबहिलमा भर्ना हुनुभएको थियो ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार ‘डिस्चार्ज’ हुनुभएको कोइरालाका स्वकीयसचिव भरत तिवारीले जानकारी दिनुभयो ।

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ ।

यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आमजनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा संलग्न डा. विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाईसमेत धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन ‘होम आइसोलेसन’मा रहने जानकारीसमेत गराउनुभएको छ ।