२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मंलगवामा कर्फ्यु


0
Shares

सर्लाही, असोज ३ । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु लगाइएको छ ।

शनिबार दिउँसो २ बजेबाट आइतबार (भोलि) बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

शुक्रबार विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्नेक्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो ।

शनिबार पनि प्रहरी कार्यालयमा राखिएको मूर्ति विसर्जन गर्नेक्रममा दुवै पक्षबीच विवाद बढ्नसक्ने भन्दै अप्रिय घटना हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई घरबाहिर ननिस्कन भनिएको छ ।

गम्हरिया, खुटौना, मुसैली गाविस समेटिनुभन्दाअघिको मलंगवा नगरपालिकाभित्रमात्र लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार विवाद भएपछि विश्वकर्मा पूजाको मूर्ति विसर्जन नगरी जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ ।