१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१,२०४ संक्रमित थपिए, १,४४७ डिस्चार्ज, उपत्यकामा पाँचसहित थप ११ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीया महिला, सर्लाहीका ५६ वर्षीया महिला, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ पुरुषको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

१,२०४ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर एक हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थएिका छन् । थपिएका संक्रमितमा काठमाडौंका मात्रै ५७० जना रहेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका छन् ।

१,४४७ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ४४७ जना ‘डिस्चार्ज’ भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । कोरोनालाई जितेर डिस्चार्ज हुने ७२.०८ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । सात हजार ९७६ ‘होम आइसोलेसन’ र नौ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

हाल देशभर आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत् छन् ।

पछिल्लो २४ घन्टामा १० हजार ३३३ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.03

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.03#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, September 19, 2020