१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयता व्यवस्थित ढंगले स्थापित भइसक्यो : मन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, असोज ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्रोत-साधनले केही समस्या भएपनि कानुनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ ।

शनिबार नेपाल कानुन समाजले आयोजना गरको ‘भर्चुअल’ छलफलमा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत-साधन नपुग्ने समस्या भएपनि वित्तीय, प्रशासनिक र कानुनी हिसाबले संघीयता स्थापना भइसकेको बताउनुभयो ।

प्रशासनिक संयन्त्र केन्द्रीकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भएपनि अहिले कोभिड-१९ को संकटका बेला संघीयताको औचित्य पुष्टि भएको बताउनभुयो ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैंमा उपलब्धि भएपनि त्यसमा लेखिएको कुराहरुको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताउनुभयो ।

संघीयता, सहभागितामूलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धि हासिल गर्न सकेका छौं, त्यसको निर्मम मूल्यांकन हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामती सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताउनुभयो ।

संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरुलाई अगाडि बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

संविधानविद् सूर्य ढुंगेलले राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको बताउनुभयो ।