
प्रतीकात्मक ।
हेटौंडा, असोज ३ । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत् इन्जिनियरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बकैया गाउँपालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तर्फबाट कार्यरत् इन्जिनियर दीपेन्द्र अधिकारीको मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
उनको शुक्रबारमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
घरमै ‘आइसोलेसन’मा बस्न हिँडेका अधिकारीको रजैयामा दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्