
काठमाडौं, असोज ३ । लकडाउन र निषेधाज्ञाका कारण पोखराको फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माणको समयावधि लम्बिएको छ ।
वैशाखअघि नै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना रहेपनि निर्माणको काम ‘लकडाउन’का कारण पछि धकेलिएको हो ।
दुई हजार २७५ मिटर लामो यस केबलकारबाट मनमोहक दृश्यसहित बिहानीको सराङकोटको सूर्योदय देख्न पाइने भएकोले पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने दाबी निर्माण कम्पनीको छ ।
लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केबलकारको केही काम रोकिएको अन्नपूर्ण केबलकारका सुपरभाइजर अरुण कोइरालाले बताउनुभयो ।
केबलकारमा प्रतिघन्टा ६०० जनाले यात्रा गर्न सक्छन् । ३६ ओटा गन्डोला राख्ने डिजाइन भएपनि तत्कालका लागि १७ ओटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ ।
सुरुमा एक अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्ब पुग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्