
फाइल तस्वीरः फेसबुक ।
सोलुखुम्बु, असोज ३ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु र बेनीखोलामा नदीजन्य पदार्थ संकलन तथा उत्खननमा रोक लगाएको छ ।
नगरपालिकाले वर्षात्को पानीले बगाएर ल्याएको ढुंगा, गिटी र बालुवा केही व्यक्ति र संस्थाले स्थानीय सरकारको स्वीकृतिविना संकलन र उत्खनन गरेको पाएकाले रोक लगाएको जनाएको छ ।
निर्माणाधीन हाइड्रोपावर क्षेत्र र विभिन्न ड्याममा जम्मा भएका नदीजन्य पदार्थ हाइड्रोपावरले प्रयोग गर्न चाहेपनि नगरपालिकासँग अनुमति लिनुपर्ने बताइएको छ ।
विनास्वीकृति संकलन तथा उत्खननको काम गरेको पाइए नदीजन्य पदार्थ जफत तथा कारबाहीको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्