२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आईपीएल क्रिकेटमा आज दिल्ली र पन्जावको भिडन्त


0
Shares

काठमाडौं । युएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पन्जाव भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार वेलुकी ८ वजे दुबईमा हुनेछ । नेपालका बलर सन्दिप लामिछाने लगातार तेस्रो सिजन दिल्लीबाट खेल्दैछन् ।

६ दिनको क्वारेन्टिन बसाइपछि उनी टोलीका लागि खेल्न तयार भएपनि आज प्लेइङ सेटमा पर्ने वा नपर्ने भन्नेबारे टुंगो लागेको छैन ।

क्वारेन्टीनको क्रममा सन्दिपको तिन पटक पिसिआर परिक्षण गरिएकोमा तिनै वटा रिपोर्ट नेगेटिभ आईसकेको छ ।

हिजो सुरु भएको यो सिजनको आईपिएल क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी शुरुआत गरेको छ ।

युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै चेन्नाइले शानदार सुरुवात गरेको हो ।एजेन्सी