
रसुवा । रसुवाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड जाने पदमार्गमा नेपाली सेनाले रेलिङ निर्माण गरेसंगै आवत जावत सहज भएको छ ।
नेपाली सेना कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिर देखि गोसाइँकुण्ड सम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रा सहज भएको हो ।
नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत साढें २ किलोमिटर अप्ठ्यारो भीरको बाटोमा रेलिङबार बनाइएको हो ।
यसैगरी सेनाले बुद्ध मन्दिरमा हेलिप्याड निर्माण गर्नुका साथै गणेशगौंडा, बुद्ध मन्दिर र गोसाइकुण्डमा विश्रामस्थल समेत निर्माण गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्