
नेपालगन्ज । सुर्खेत, गुर्भाकोट नगरपालिका कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु भएको छ ।
उपचारको क्रममा नेपालगञ्जमा आज ५८ बर्षिय पुरुषको मृत्यु भएको बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका जानकारी गराउनुभएको छ ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका उनलाई दमको भएकाले श्वासप्रश्वासमा जटिल समस्या थियो ।
भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । यो संगै नेपालका कोरोनबाट ज्यान गुमाउनको संख्या ४ सय १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्