७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अबको तीन दिन हल्का वर्षाको सम्भावना


0
Shares

काठमाडौं, साउन १ । मंगलबारदेखि बिहीबारसम्म तीन दिन देशभरमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको तीन दिनको मौसमी विवरणमा यस्तो जनाइएको हो ।

महाशाखाकाअनुसार मंगलबार (आज) दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिम भू–भाग र पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । देशका बाँकी भू–भागका केही स्थानहरुमा भने हल्का वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।

यस्तै, बुधबार दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रही देशको सुदूरपश्चिमी भू–भागका साथै पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । देशका बाँकी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।

यस्तै, बिहीबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

बिहीबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम भू–भागका केही स्थानहरुमा र अरु भू–भागका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।