१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाको सचिवालय बैठक आज पनि बस्दै, मन्त्री बन्ने रस्साकस्सीमा नेताहरु


0
Shares

narayankaji shrestha minister bamdeb gautam perisdada

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ ।

आज दिउँसो १ बजे पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विभिन्न विकल्पहरुमाथि छलफल हुनेछ ।

हिजो सुरु भएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने लगायतका तीन विकल्प प्रस्तुत गर्नुभएको बुझिएको छ ।

हिजो सैद्धान्तिक विषयमा मात्रै छलफल भएकोले मन्त्री बन्न आवश्यक मापदण्डबारे आज निर्णय हुनसक्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

अधिकांश सचिवालय सदस्यहरुले भने राम्रो काम गरेकाहरुलाई निरन्तरता दिएर बाँकीलाई बिदा दिनु पर्ने धारणा राखेका थिए ।

त्यसैगरी बैठकमा संबैधानिक आयोगमा हुने राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी कामहरु पुरा गर्ने र सदस्यता वितरण र नविकरण सम्बन्धि संगठन विभागको निर्णयलाई अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी र केन्द्रीय कमिटीमा रिक्त रहेका पदपूर्ति गर्ने, केन्द्रीय सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग, पार्टीका पूर्णकालिन कार्यकर्तालाई सहयोग, संघीय सांसदहरुको कोभिड अवधिको बैठक भत्तालगायतका एजेण्डा पनि बैठकका लागि तय गरिएको छ ।