८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नोकिया सी थ्रि स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ?


0
Shares

काठमाडौं । विश्व बजारमा स्मार्ट फोनको कारोबार केही घटेपनि कम्पनीहरुले उत्पादनलाई निरन्तरता दिइरहेका छन् । यसै सिलसिलामा हालैमात्र नोकिया सी थ्रि स्मार्टफोन नेपाली बजारमा आएको छ ।

नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले नोकिया सीथ्रि नेपाल ल्याएको हो ।

५.९९ इन्चको एचडी प्लस स्क्रीन, दिनभर टिक्ने ब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको नोकिया सीथ्रिमा एण्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ ।

एचडी प्लस स्क्रीनमा रहेको यसमा अक्टा कोर प्रोसेसर र फिगंरप्रिन्ट सेन्सर जस्ता आधुनिक सुविधा छन् ।

मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिसटेन्ट सहयोग लिन सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ । ३०४० एमएएचको व्याट्रीले दिनभरी उर्जा दिने भएकोले कार्य सम्पादन क्षमता बढाउँछ ।

नोकिया सी थ्री मा पोलिकार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई झन बलियो र टिकाउ बनाएको छ ।

यसमा पछाडितिर ८ मेगापिक्सेल क्यामेरा र एलइडी फ्ल्यासले एचडीआर फोटोग्राफी र फूल एचडी भिडियो दिन्छ तथा अगाडिको ५ एमपी क्यामेराले सेल्फि सजिलै खिच्दछ ।

यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ जसले गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्ने कम्पनीको दाबी छ ।

नोकिया सी थ्री नर्डिक ब्लू (निलो) रङ तथा २ जीबी र्‍याम र १६ जिबी कन्फिग्रेसनमा बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य १२ हजार ४९९ रुपैयाँ तोकिएको छ ।