
इलाम । दशैंमा हवाईजहाज चढेर इलाम जाने काठमाडौमा बस्ने इलामेलीहरुको सपना यो दशैमा पनि पुरा नहुने भएको छ ।
दश बर्ष अगाडि निर्माण थालिएको इलामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल निर्माण सम्पन्न नहुँदा यो बर्ष पनि हवाईजहाज चढ्ने इलामेलीहरुको सपना अधुरै हुने भएको हो ।
हवाई जहाज चढेर सररर….इलाम पुग्ने सपना इलामेलीहरुको थियो । दुई बर्ष अगाडि नै बिमानस्थलमा परीक्षण उडान भरे पनि अहिलेसम्म नियमित हवाई उडान हुन सकेको छैन् भने कहिलेदेखि हवाई उडान हुने हो अझै टुंगो छैन् ।
२०७५ जेठमा नै तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै यसरी सफल अवतरण हुँदा इलामेलीहरुमा खुशीको सिमै थिएन् ।
पहिलो पटक इलाममा जहाज पुग्दा अब चाँडै उडेर राजधानी पुग्न पाइने उनीहरुको बिश्वास थियो तर, खै ? ।
हुन पनि हो, राष्ट्रिय राजनीतिमा इलामको प्रतिनिधित्व मात्र नभई देशलाई नै नतृत्व गर्ने जिम्मा पाएका नेताहरुको गृह जिल्ला इलामबाट चाँडै जहाज उड्ने बिश्वास स्थानीयमा थियो ।
तर, सिलान्यास भएको यतिका बर्ष बितिसक्दा पनि सदरमुकाममा निमार्णधिन फाल्गुनन्द सुकिलुम्बा बिमान स्थलको निर्माण कार्यले अझै पूर्णता पाउन नसक्नु लज्जास्पथ हो ।
दश बर्ष अगाडि तामझामकासाथ तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेको योे बिमानस्थलको निर्माणको काम अहिलेसम्म पूरा नहुँदा हवाईयातायात संचालनमा आउन नसकेको हो ।
लामो समयसम्म चर्चा सेलाएको यस विमानस्थलको प्राविधिक परीक्षण उडान गरिएपछि भने अहिले स्तरोन्नती गरि धावनमार्गमा कालोपत्रे गर्ने काम बल्लतल्ल शुरु हुने देखिन्छ ।
पटक–पटक गरी हालसम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो ।
बिमानस्थलको साढे नौ करोड रुपैयामा ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण यसको निर्माणको काम प्रभावित भएपनि अहिले पुनः यसको निर्माणमा गति दिईएको छ ।
इलाम नगरपालिकास्थित गोलाखर्कमा निर्माण भईरहेको यस बिमानस्थलको धावन मार्ग कालोपत्रे, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ्ग, फिलिङको काम धमाधम भइरहेको छ ।
पक्की ६ सय ७० मीटर लम्बाई र २० मिटर चौडाइ भएको रन–वे निर्माण अन्तिम चरणमा पुगेको छ । तर, बिमानस्थलमा टावर, टर्मीनल लगायतका संरचनामा थप बजेटको आवश्यकता खट्कीएको छ ।
बिमानस्थल निर्माणले गति नपाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अनुगमन गर्दासमेत निमार्मणले गति पाउन सकेको छैन् ।
बिमानस्थल निर्माण भएसंगै इलामको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जग्गा अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो ।
तर, हवाईजहाज चढ्ने सपना संगालेका स्थानीयले यतिका बर्षसम्म पर्खदासमेत कहिलेसम्ममा हवाईजहाज चढेर इलाम–काठमाडौ गर्न पाईने हो भन्ने पत्यारीलो जवाफ पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्