
भैरहवा, साउन १ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ देखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ ।
नगरका बस्तीबस्तीमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिने नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।
त्यसक्रममा एक हजार ५०० सम्मको औषधिसमेत निःशुल्क वितरण गरिने उनको भनाइ छ । यो सुविधा ८५ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउनेछन् ।
१३ ओटा वडा रहेको नगरपालिकामा करिब २०० ज्येष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाकाअनुसार यस अभियानमा विशेषज्ञ डाक्टर, सहयोगी संस्था, नर्सहरु, नगरका प्रतिनिधि, स्वयंसेविका परिचालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्