
काठमाडौं । धार्मिक कार्य तथा पूजापाठमा अत्यावश्यक पर्ने अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि बढी खतरनाक हुने एक अध्ययनले देखाएको छ ।
चीनमा गरिएको एक अनुसन्धानले धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउने जनाइएको छ ।
अध्ययनका अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छन् ।
धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सरको जोखिम बढी हुन्छ ।
यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ । त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ ।
यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ ।
धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ ।
यस्तै, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक हुने उक्त अध्ययनले पुष्टि गरेको छ ।
धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने, पोल्ने जस्ता समस्या देखापर्छ ।
प्रतिक्रिया दिनुहोस्