१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज सामाजिक सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै


0
Shares

काठमाडौं । आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ ।

गैरसरकारी संस्था महासघं नेपाल, गण्डकी प्रदेशले समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदैछ ।

महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशिलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पुर्‍याउँदै सङ्गठनको वर्गीकरण गरेर कामका आधारमा जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँका अनुसार सामाजिक सेवा दिवसका अवसरमा सात प्रदेशमा करीब आठ सय कार्यक्रम समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।

गैसस महासघं गण्डकीकी अध्यक्ष विनाकुमारी सिलवालले कोभिड–१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

यस वर्षको ४१ औं सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ ।