२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पको भनाइ


0
Shares

trump obama biden president election

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

स्वर्गीय रुथ बेडर गिन्सबर्गको खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने ट्रम्पले बताउनुभएको हो ।

अमेरिकी समाचार संस्था फक्स न्यूजसँग सोमबार भएकोे कुराकानीमा ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने भन्दै शुक्रबार वा शनिबारसम्म मनोनयनको घोषणा गर्ने बताउनुभएको हो ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटलाई नोभेम्बर ३ भित्र सर्वोच्चमा आफ्ना उम्मेद्वारलाई पक्का गर्न पनि आह्वान गर्नुभएको छ ।

अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्ने भएकाले यसका लागि प्रशस्त समय रहको पनि ट्रम्पले उल्लेख गर्नुभएको छ ।

सिनेटमा पर्याप्त समर्थन रहेकाले लिवरल समर्थित गिन्सबर्गको स्थानमा अब ट्रम्पले आफु समर्थित न्यायाधीस राख्न सक्ने छन् ।

अमेरिकी सर्वाेच्च अदालतमा ९ जना न्यायाधीश रहने प्रावधान छ । सर्वोच्चका ९ न्यायाधीश मध्ये ५ जना कन्जरभेटिभ र ४ जना लिबरल थिए ।

गिन्सबर्गको निधनसँगै लिबरल न्यायाधीशको संख्या अझ कम भएको छ ।

ट्रम्पले हतार गरेर नयाँ कन्जरभेटिभ न्यायाधीश नियुक्त गर्दा न्यायालयमा थप वैचारिक सन्तुलन गुम्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीस आजिवन रहन सक्ने व्यवस्था छ । एजेन्सी