
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ ।
नयाँ सिजनको आफ्नो पहिलो खेलमा सिटीले गएराति वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–१ ले पराजित गर्यो ।
म्यान सिटीका लागि केभिन डे ब्रायन, फिल फोडेन र ग्याब्रियल जिससले एक एक गोल गरे । पराजित टोली वुल्भरह्याम्पटनका राउल जिमिनेजले एक गोल फर्काए ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाईटेडलाई १–० ले हराएको छ ।
जारी सिजनको प्रिमियर लिगमा शेफिल्डको यो लगातार दोस्रो हार हो भने एस्टन भिल्लाको पहिलो खेलमा पहिलो जित हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्