१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो ।

झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ ।

यस्तै, बर्दियाका एक कोरोना सङ्क्रमितको कोहलपुरमा उपचारका क्रममा हिजो राती मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ४ सय ५१ पुगेको छ ।