१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानको साधारण सभा असोज २८ गते हुने, खेलाडीको जीवन बिमा गर्ने


0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ ।

चितवनमा हिजो बसेको बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ ।

परिस्थिति अनुकुल रह्यो भने भौतिक रुपमा उपस्थिति भएर पनि साधारण सभा आयोजना गर्ने बाटो खुला रहेको क्यान अध्यक्ष चतुर बहादुर चन्दको भनाई छ ।

यसअघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो । तर, कोरोना भाईरसको महामारी र लकडाउनको कारण सभा रोकिएको थियो ।

क्यानको बोर्ड बैठकले महिला र पुरुष राष्ट्रिय टोलीका खेलाडीको जीवन बिमा गर्ने निर्णय गरेको छ ।

यसैगरी खेलाडीहरुको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमतिको लागि पहल गर्ने र मंसिर भित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय क्यानले गरेको छ ।