१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुधबार गणेशलाई लड्डु र सिन्दुर चढाए शुभफल मिल्ने, गाईलाई हरियो घाँस दिने चलन


0
Shares

काठमाडौं । धार्मिक शास्त्र र विधि अनुसार काम गर्नेबारे बारको भिन्न महत्व छ । प्रत्येक बारको शुभ र अशुभ फलको ब्याख्या गरेको पाइन्छ ।

किनकी कुनैपनि कार्य गर्दा बार अनुसार गरे मानिसको जीवनमा फरक पर्नेगर्छ । बार अनुसार कार्य गर्दा मान्छेको जीवनमा आईपर्ने समस्याहरु हटेर जाने र जीवन सुखमय हुने बताइन्छ ।

त्यसैले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। शास्त्र अनुसार यस दिन गरिने केही कर्मले जिन्दगीभरी शुभफल दिन्छ।

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ।

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।

– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।