१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यातायात व्यवसायीको गुनासो: हवाइ जहाजले पूरै सिटमा यात्रु राख्ने, हामीले किन राख्न नपाउने ?


0
Shares

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले आफुहरुमाथी विभेद गरेको आरोप लगाएका छन् ।

हवाईसेवा पूर्ण सिट क्षमतामा सञ्चालन गर्न दिने तर आफु्हरुलाई आधा क्षमतामा मात्र संचालन गर्न दिएर अन्याय गरेको उनीहरुको आरोप छ ।

६ महिनाको बन्दाबन्दीदेखि थन्किएका सार्वजनिक सवारीलाई गत असोज १ गतेदेखि संचालन अनुमति दिइयो ।

दूरी कायम गर्न सिटको आधा क्षमतामा मात्र यात्रु राखेर चलाउन ५० प्रतिशत भाडा बढाएर संचालन अनुमति दिइएको होे ।

आन्तरिक हवाई सेवा पनि आधा सिट क्षमतामा सुचालु गरियो । तर वायुसेवा सञ्चालकले टिकटको मूल्य बढाउँदा यात्रुलाई मार पर्ने र आधा क्षमतामा चलाउन नसकिने अडान राखे ।

यो संगै सरकारले नागरिकको सुरक्षा चुनौतीमा सम्झौता गर्दै सुरक्षा मापदण्ड पालनाका केही शर्त राख्दै पूर्ण सिट क्षमतामै चलाउन अनुमति दियो ।

सोमबारदेखि आन्तरिक उडान शुरु भयो । यसमा सार्वजनिक सवारी संचालकले भने गम्भिर आपत्ति जनाएका छन् ।

आफ्नो सेवामा भाडा बृद्धि भएको र हवाई जहाजले साविक भाडामै पूरै सिटमा यात्रु उडाउन पाउँदा आफुहरु प्रत्यक्ष मारमा परेको उनीहरुको गुनासो छ ।

यसबाट बसका यात्रु पनि हवाई यात्रा तिरै आकर्षित हुने उनीहरुको ठहर छ ।

यातायात व्यवसायीहरुले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले सिट क्षमताअनुसार नै यात्रु बोक्न पाउनुपर्ने माग गरेका छन् ।

सरकारले व्यवसायमा विभेद गरेको नेपाल यातायात ब्यवसायी राष्ट्रीय महासंघका महासचिव सरोज सिटौला बताउनुहन्छ ।

सरकारले आफुहरुका माग सम्बोधन नगरे व्यवसायीहरुले पूर्ण क्षमतामा यात्रु बोक्ने चेतावनी समेत दिएका छन् ।

उसै पनि सार्वजनिक सवारीमा भौतिक दूरी लगायतका सुरक्षा मापदण्डको उचित पालना हुन नसकिरहेका बेला हवाई सेवामा गरिएको निर्णयको दृष्टान्तले कार्यान्वयन चुनौती अझ बढ्ने देखिएको छ ।