१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भीमफेदी-कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको जिप पहिरोमा पुरियो


0
Shares

काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा गुडिरहेको एउटा जिप पहिरोमा पुरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो जिप आज बिहान १० बजेतिर पहिरोमा पुरिएको हो ।

इन्द्रसरोवर गाउँपालिका–२, देउरालीमा सडकमा गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा जिप पुरिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भिमफेदी र स्थानियवासिन्दाको सहयोगमा अहिले उद्वार कार्य भईरहेको छ ।

जिप ठूलाठूला ढुंगाहरुको बिचमा च्यापिएकोले उद्धारमा कठिनाई भएको छ ।

जिप चालक अचेत देखिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।