१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुर, झापा र बर्दियामा गरी ४ कोरोना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ललितपुरमा दुई जना तथा झापा र बर्दियामा एक एक जना संक्रमितको मृत्यु भएको हो ।

जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको गएराति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो ।

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको हिजो साँझ ५ बजे मृत्यु भएको थियो । उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए ।

उता, मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत एक जना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

झापा भद्रपुर–१० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, बर्दियाका एक कोरोना संक्रमितको कोहलपुरमा उपचारका क्रममा हिजो राती मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ४ सय ५३ पुगेको छ ।