१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पत्रकारहरुलाई अनशनरत डा.केसीलाई भेट्न रोक


0
Shares

काठमाडों । चिकित्सा स्वास्थ्य शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डाक्टर गोविन्द केसीबारे समाचार संकलन गर्न अस्पताल पुगेका पत्रकारहरुलाई रोक लगाइएको छ ।

जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार काठमाडौं आउनु भएका डा. केसीलाई भेट्न बुधवार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेका पत्रकारहरुलाई अस्पताल प्रशासनले भेट्न रोक लगाएको हो ।

संचारमाध्यमको परिचय पत्र वा पास भएपनि ‘पत्रकारलाई छिर्न नदिनु भन्ने माथिको आदेश’ भन्दै सुरक्षा गार्डले अनसन स्थलमा जान प्रवेशमा रोकेका हुन ।

पत्रकारहलाई भेटन नदिएपछि केसी आक्रोशित छ्न । केही समयअघि अस्पतालकी डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहले भने डा. केसीलाई भेट गर्नुभएको छ । डा.केसी अनसन बसेको आज १० औं दिन हो ।