
कैलाली, असोज ७ । भूमिसुधार कार्यालय कैलालीका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्यालयमा कार्यरत् पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जानकारी दिनुभयो ।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख भूमिसुधार अधिकृत केसीले बताउनुभयो ।
यही असोज ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अरु कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।
भूमिसुधारका कर्मचारीमा संक्रमण पुष्टि भएपछि त्यसकै प्रभावले बुधबार मालपोत कार्यालय पनि बन्द गरिएको छ । यी दुई कार्यालयसँगै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्