
काठमाडौं, असोज ८ । इंग्लिस प्रिमियर क्लब चेल्सी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको तेस्रो चरणको खेलमा बान्र्सलेलाई ६–० ले हराउँदै चेल्सी लिक कपको चौथो चरणमा पुगेको हो ।
चेल्सीका लागि काई हाभर्ट्जले ‘ह्याट्रिक’ गर्दा ट्यामी अब्राहम, रोस बार्क्ले र ओलिभर जिरुले एक/एक गोल गरे ।
यसै सिजनमा चेल्सी प्रवेश गरेका जर्मन खेलाडी हाभर्ट्जले नयाँ क्लबका लागि पहिलो गोल गरेकै खेलमा ह्याट्रिकसमेत गरेका हुन् ।
आर्सनल पनि चौथो चरणमा
काराबाओ कप फुटबलकै अर्को खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनल पनि चौथो चरणमा पुगेको छ ।
खेलमा आर्सनलका लागि एन्केतियाले एक गोल गर्दा लेस्टरका डिफेन्डर क्रिश्चियन फुसले एक आत्मघाती गोल गरे ।
तेस्रो चरणका अरु खेलहरुमा विजयी हुँदै फुल्हम, बर्न्ले, ब्राइटन, स्टोक सिटी, एभर्टन र न्यूकासल युनाइटेड पनि चौथो चरणमा उक्लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्