
तस्वीरः @IPL
काठमाडौं, असोज ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।
यो सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग हारेको मुम्बईले बुधबार राति भएको आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो ।
आबुधाबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ८० रन तथा सूर्यकुमार यादवले ४७ रन बनाए ।
कोलकताका शिवम माभीले २ विकेट लिए ।
जवाफमा १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो ।
आईपीएल क्रिकेटमा बिहीबार राति किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्