२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पाल्पामा पहिरोः तीन घर पुरिए, ६ जना बेपत्ता, वर्षाले उद्वारमा कठिनाई


0
Shares

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएका हुन् ।

यसैगरी फोक्सिङकोटकै सुरुमडाँडामा एक गर्भवती महिला पहिरोमा परि बेपत्ता भएकी छिन् ।

लगातार वर्षा भइरहेको र पहिरो झर्न नरोकिएकाले उद्वार कार्यमा कठिनाई भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।