२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा कोरोनाबाट पहिलो मृत्यु


0
Shares

coronavirus

डडेल्धुरामा, असोज ८ । डडेल्धुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

केही दिनअघि भारतबाट आउनुभएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत् डडेल्धुरा अस्पताल पुर्‍याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभयो । डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्नेक्रममा श्वासप्रश्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश बिष्टले जानकारी दिनुभयो ।

शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताउनुभयो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।