१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह


0
Shares

चितवन । निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी नदीको बहाब वढेको छ ।

नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

जल तथा मौसम विभागले नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको जनाएको छ ।

पुल तर्फ नारायणी नदीमा पानीको सहत ११ दशमलब २५ मिटर पुगेको छ । ११ मिटर सतह पुगेपछि सतर्कता तह नाघेको मानिन्छ ।

यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ८ दशमलब ०७ मिटर पुगेको छ । ७ दशमलब ३ मिटर सतर्कता तह र ८ मिटर खतराको तह मानिन्छ ।