१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध, सवारी साधन बीच बाटोमै अलपत्र


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको मुख्य सडक अवरुद्व भएपछि सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा भारी बर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।