१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलमा नवलपरासी र कपिलवस्तुका कोरोना संक्रमित दुई पुरुषको मृत्यु


0
Shares

corona hospital

काठमाडौं । बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिनुभयो ।