१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा वाल मृत्यदर बढ्दो, एक हजारमा ४१ को मृत्यु


0
Shares

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिबाट गुणस्तर सुधार गर्न सकिने उनीहरुको भनाई थियो ।

नवजात शिशुको वाल मृत्यदर प्रति एक हजारमा ४१ रहेको तथ्यांकले देखाएपछि गुणस्तरीय स्याहारमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

सेती अस्पताल र डडेल्धुरा अस्पतालमा शिशु स्याहार तथा बालमृत्युदर घटाउने उद्देश्यले शुरु भएको सुसार परियोजनाले बच्चा नजन्मिदै र जन्मेको एक हप्ता भित्रै मर्ने शिशुको अवस्था चिन्ताजनक भएको भन्दै अस्पतालको सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको हो ।