
बझाङ । बझाङमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।
मष्टा गाँउपालिका वडा नम्बर २ की १२ बर्षिया सम्झना कामीको हिजो बलात्कारपछि हत्या भएको उनका हजुरबुवा गोर्ख कामीले जानकारी गराएका छन् ।
घरबाट पशुचौपाया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी भएको थियो ।
गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उनको शव फेला परेको थियो ।
शरिरभरी निलडाम सहित नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनुभयो ।
बालिकाका बुबा आमा रोजगारीका लागी भारतमा छन् । बालिका कक्षा ६ मा अध्यनरत थिइन् ।
प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको देखिएको जानकारी दिदै अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्