
काठमाडौं । विवाह गरेको छोटो समयमै बलिउडकी अभिनेत्री तथा मोडल पुनम पाण्डेलाई आफ्ना श्रीमानबाट कुटिएको खबर जीन्युजले लेखेको छ ।
प्रेमी साम बम्बेसँग गुपचुप विवाह गरेकी पुनम र पतिबीच विवाद भएको खबर बाहिरिएको हो ।
विवाह गरेको करिब दुई हप्ता नबित्दै पुनमले पतिविरुद्ध कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको भारतीय अनलाइन मिडियाहरुले समाचार लेखेका छन् ।
समाचारमा दक्षिण गोवाको कैनाकोना गाउँमा सुटिङको क्रममा आफूमाथि पतिले कुटपिट गरेको र अझै गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको पुनमले उजुरीमा उल्लेख गरेकी छिन ।
मंगलबार प्रहरीले पतिलाई गिरफ्तार गरेपनि पुनमको आरोप प्रमाणीत भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्